९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


ललितपुर इमाडोलबाट बालिका बलात्कारको आरोपमा पक्राउ परे युवक



ललितपुर
३ साउन । ललितपुरको इमाडोलबाट ९ वर्षीया बालिकालाई बलात्कार(जबरजस्ती करणी) गरेको आरोपमा युवक पक्राउ परेका छन् ।
प्रहरीका अनुसार महालक्ष्मी नगरपालिका–४ ईमाडोल ट्याम्पोपार्क बस्ने खोटाङ केपीलासगढी गाउँपालिका–५ घर भएका २६ वर्षीय नर बहादुर खत्रीलाई ती बालिकालाई बलात्कार गरेको आरोपमा बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
नर बहादुरले ती बालिकालाई ललाई फकाई सोही महानगरपालिका–२८ हरिसिद्धि चाईनिज टायल कारखानाको कम्पाउण्डको खाली जग्गामा लगि जबरजस्ती करणी गरेको प्रहरीले जानकारी दिएको छ ।
सो घटना सूचनापछि प्रहरी प्रभाग हरिसिद्धिबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।

प्रकाशित मिति : ३ श्रावण २०८१, बिहिबार  ६ : २९ बजे