ललितखबर
५ साउन । ललितपुरको पाटनबाट कोरा साइकल च्यालेन्ज २०२४ सुरु गरिएको छ । ललितपुर र काठमाडौंका विभिन्न भागमा १ सय ४० किलोमिटर दुरी यात्रा गर्दै पाटन नागबाहलमा समापन हुँदैछ ।
साइकलको प्रयोग बढाउन र सहयोग संकलन गर्न हरेक वर्ष कोरा आयोजना गरिंदै आएकोमा यो १४ औं संस्करणको यात्रा सुरु गरिएको हो । साइकल यात्रामा करिव ५ हजार साइकलयात्री सहभागी भएको आयोजकले जानकारी दिएको छ ।
साइकल यात्रामा वालकहरुदेखि बृद्ध उमेरका साइकल यात्री समेत सहभागी छन् ।
राजधानीमा विभिन्न समूहमा रहेर साइकल यात्रा गर्ने साइकल पारखीहरु छन् । उनीहरु समूहमा घुम्न साइकल प्रयोग गर्ने गर्दछन् ।
पछिल्लो समय राजधानीबासीहरुको घुम्ने संस्कृतीको विकास भएसँगै साइकल यात्रामा आर्कषण बढेको छ ।
प्रतिक्रिया