५ आश्विन २०८१, शनिबार | Sun Sep 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


पूर्वराज्यमन्त्री रामचन्द्र राय मृतावस्थामा फेला, हत्या गरिएको आशंका



बरहथवा (सर्लाही)
७ साउन । सर्लाहीको चन्द्रनगर गाउँपालिका रतनपुरका ८० वर्षीय रामचन्द्र राय मृतावस्थामा फेला परेका छन् ।
टाउकोमा धारिलो हतियार प्रयोग गरिएको अवस्थामा पूर्व भूमिसुधार राज्यमन्त्री रायको शव गएराति चन्द्रनगर–१ रतनपुरमा फेलापरेको जिल्ला प्रहरी कार्यलय सर्लाहीका प्रवक्ता दीपक श्रेष्ठले जानकारी दिएका छन् । उनको हत्या गरिएको प्रहरीले आशंका रहेको बताएको छ ।

उनले प्रहरी उपरीक्षक रवीन्द्रबहादुर सिंहको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको बताएका छन् । “घटनास्थलको प्रकृति हेर्दा उहाँको हत्या भएको आशंका छ”, प्रहरी उपरीक्षक सिंहले भने, “लालगढबाट तालिमप्राप्त कुकुर मगाएर अनुसन्धान सुरु गरेका छौँ ।”
घटनास्थलमा मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रमुख प्रहरी नायब महानिरीक्षक यज्ञविनोद पोख्रेलसमेतको टोली उपस्थित रहेको जनाइएको छ ।

प्रकाशित मिति : ७ श्रावण २०८१, सोमबार  ४ : १० बजे