४ पुस २०८२, शुक्रबार | Sat Dec 20 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


काठमाडौं दरबार क्षेत्रका अवैध संरचना हटाउन पुरातत्व विभागलाई महानगरको पत्र



८ साउन । काठमाडौं महानगरपालिकाले काठमाडौं दरबार क्षेत्रभित्र रहेको अवैध संरचना हटाउन पुरातत्व विभागलाई पत्राचार गरेको छ ।
महानगरको सम्पदा तथा पर्यटन विभागले पुरात्व विभागलाई पत्र लेख्दै ‘पुरातात्विक संरचनाहरूलाई नकरात्मक असर पार्ने अवैध संरचनाहरू हटाई सहयोग गर्न’ भनेको हो ।

‘विश्व सम्पदा क्षेत्रमा सूचीकृत ऐतिहासिक तथा पुरातात्विक सांस्कृतिक महत्त्व भएको काठमाडौं दरबार क्षेत्रभित्र असाधारण सम्पदाहरूलाई अत्यन्तै नकरात्मक असर पर्ने गरी निर्माण गरिएको अस्वाभाविक, असान्दर्भिक र अवैध संरचनाहरू ७ दिनभित्र हटाई यस महानगरलाई जानकारी दिनुहुन निर्देशानुसार अनुरोध छ,’ पत्रमा भनिएको छ ।

प्रकाशित मिति : ८ श्रावण २०८१, मंगलबार  ११ : २३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।