४ पुस २०८२, शुक्रबार | Sat Dec 20 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


वनस्थलीबाट चोरी आरोपमा ३ जना पक्राउ



८ साउन । चोरी आरोपमा प्रहरी वृत्त स्वयम्भूले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौंको तारकेश्वर नगरपालिका–७ टोखा घर भएका १९ वर्षीय अभय नेपाली, ओखलढुंगाको लिखु गाउँपालिका-७ घर भएका २४ वर्षीय निरज खड्का र काभ्रेको मंगलटार घर भएका २० वर्षीय सुरेन्द्र तामाङ छन् ।

उनीहरुले सोमबार काठमाडौंको चमतीस्थित मिलन लम्सालको कोठाको ताला फोडेर सुनका गरगहना चोरी गरेको पाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले बताए ।

उनीहरुबाट प्रहरीले फलामको रड, सुनको बाला, सुनको झुम्का, औठी, मंगलसुत्र, एचपीको ल्यापटप, मोबाइल, घडी र नगद २२ हजार ७ सय रुपैयाँ बरामद गरेको छ ।

प्रकाशित मिति : ८ श्रावण २०८१, मंगलबार  ११ : २५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।