१० चैत्र २०८२, मंगलबार | Tue Mar 24 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुरमा देखियो हैजाः गोदावरी– १४ मा थप निगरानी बढाउन आग्रह



८ साउन । ललितपुरका एक १६ वर्षीय बालकमा हैजा पुष्टि भएको छ। गत शुक्रबारदेखि टेकु अस्पतालमा उपचाररत उनलाई आज मंगलबार हैजा पुष्टि भएको हो।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल (टेकु अस्पताल)का अनुसार, आरटी रिपोर्टमा हैजा पोजेटिभ देखिएपछि अस्पताल भर्ना भएका उनलाई ल्याब रिपोर्टमा पनि संक्रमण पुष्टि भएको हो।
हाल उनलाई टेकु अस्पतालमै आइसोलेसनमा राखेर उपचार भइरहेको छ।

डा. बसौलाका अनुसार सोही ठाउँका आइसियूमा उपचाररत अर्को एकजनालाई समेत हैजाका लक्षण देखिएपछि परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा कल्चर गराउन पठाइएको छ। तर, मिर्गौलामा पनि समस्या देखिएकाले ती व्यक्तिलाई भने थप उपचारका लागि पाटन अस्पताल रिफर गरिएको छ। गोदावरी– १४ मा हैजा फैलिन सक्ने भन्दै स्वास्थ्य चौकीलाई थप निगरानी बढाउन आग्रह गरिएको छ।

 

प्रकाशित मिति : ८ श्रावण २०८१, मंगलबार  १ : २४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।