२८ असार २०८३, आइतबार | Sun Jul 12 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौंको धापासीमा करेन्ट लागेर युवकको मृत्यु, एक घाइते



काठमाडौं
११ साउन । काठमाडौंको धापासी हाइटमा करेन्ट लागेर एक युवाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । प्रहरीका अनुसार काठमाडौंको टोखा नगरपालिका–६ धापसी हाईट पिपलबोट चुनदेवी मन्दिर नजिकै विद्युतको काम गर्ने क्रममा करेन्ट लागेर काभ्रे भुलु गाउँपालिका–३ घर भएका २० वर्षीय नबिन पहरीको बिहीबार दिउँसो मृत्यु भएको हो । सोही क्रममा २५ वर्षीय अनिल धामीका घाइते भएका छन्

करेन्ट लागेर गम्भीर घाइते भएका उनको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो । साथै करेन्ट लागेर घाइते भएका दार्चुला घर भएका २५ वर्षीय अनिल धामीको सोही अस्पतालमा उपचार भइरहेको छ ।
्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेका जानकारी दिएकोे छ ।

प्रकाशित मिति : ११ श्रावण २०८१, शुक्रबार  ९ : ३१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।