९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


आजबाट पशुपतिमा रामकथा बाचन गर्दैछिन् चन्द्रकला शखी



ललितखबर
१६ साउन । पशुपतिनाथ मन्दिर जारी एक महिने कोटीहोम महायज्ञमा आजबाट अन्र्तराष्ट्रिय कथावाचिका चन्द्रकला शखीले प्रवचन दिने भएकी छिन् ।
उनले महायज्ञमा रामयणमा आधारित रहेर कथा बाचन गर्ने आयोजक संस्था मानव सेवा फाण्डेशनका अध्यक्ष विजय कृष्णमूर्तिजी महाराजले जानकारी दिएका छन् ।
महाराजका अनुसार विहान ८ बजेबाट ११ बजेसम्म डा कान्ता भट्राईले प्रवचन दिने कार्यक्रम छ । अपरान्ह ३ बजेबाट शखीले कथाबाचन गर्ने कार्यक्रम रहेको छ ।
को हुन् चन्द्रकला शखी ?
चन्द्रकला शखीको राजधानी काठमाडौंको उच्च घरनामा भएको हो । उनी बाल्यकालदेखि नै जिज्ञाशु र मेधावी थिइन् । काठमाडौंको कलंकीस्थित एलआरआई स्कूलस्तरको कक्षा लिएकी उनले कक्ष १२ सम्मको अध्ययन भने ललितपुरको आइडल मोडल स्कूलबाट लिएकी थिइन् ।
उनले भारतको स्वामी विवेकानन्द विश्व विद्यालयबाट योगा एण्ड हेल्थ कन्सेसनेस एण्ड स्प्रचुयालिटी र आयुर्वेदिक इन्च्युच्युट युकेबाट हेल्थपोज गरेकी छिन् । उनी हाल वेलायतमा योग साइन्समा मास्टर अफ साइन्स गर्दैछिन् ।
नेपाली,हिन्दी र अंग्रजी र संस्कृत भाषामा रामकथा बाचन गर्दै आएकी छिन् ।
उनी कोटी होममा सहभागी हुन साउन १५ गते काठमाडौं आइपुगेकी हुन् । उनले आज १६ गतेदेखि २४ गतेसम्म कोटी होममा रामकथा वाचन गर्दैछिन् । उनी लण्डनबाट कथाबाचनका लागि नेपाल आएकी हुन् ।
वेलायत, फ्रान्स र डेनमार्कलगायत देशहरुमा उनले कथावाचन गरेकी छिन् । उनी पछिल्लो समय युवा पुस्ताबीच हिन्दु धर्म संस्कृती प्रचार अभियानमा अघि बढेकी छिन् ।
सेतो टिका लगाएर पशुपति क्षेत्रमा प्रवेश गरेकी चन्द्रकला शखीको प्रवचनका सुन्न हजारौं भक्तजन पशुपति क्षेत्र पुग्ने विश्वास आयोजकको छ । उनी अन्य सेतो टिका लगाएकी युवतीहरुसँगै पशुपति पुगेकी थिइन् ।


गतसोमबार देवि प्रतिभाले कथा वाचन पुरा गरेर कर्मक्षेत्र भारत प्रस्थान गरेकी छिन् । उनी गत साउन १ गतेबाट ११ गतेसम्म कथावाचनको कार्यक्रमका लागि पशुपति आएकी भए पनि केही दिन आफ्नो कथावाचन लम्बाएकी थिइन् । उनले आफ्नो परिवारको सदस्य मञ्चमा राखेर वागवत कथा बाचन गरेकी थिइन् ।
पछिल्लो समय उनका कथावाचनका केही अंश सामाजिक सञ्जालमा भाइरल र विवादको विषय बनेको छ ।

प्रकाशित मिति : १६ श्रावण २०८१, बुधबार  ३ : १५ बजे