२८ असार २०८३, आइतबार | Sun Jul 12 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


काठमाडौंमा विदेशी नागरिक मृत फेला



१६ साउन । काठमाडौं महानगरपालिका–२६ नरसिंह चोक नजिक कोजा गल्लीस्थित एक घरमा विदेशी नागरिक मृत फेला परेका छन्।
अनुप महर्जनको घरमा भईराजा महर्जनले सञ्चालन गरेको ५ तले अलब अपाट्मेन्टको दोस्रो तला कोठा नम्बर २ मा डेरा गरी बस्ने वर्ष ४७ को एनजी बुम किम (एलभिङ) हुआङ विन्जिन एल्भिन, पासपोर्ट नं के ४२८५०४८बी) भएको सिङ्गापुरको नागरिक कोठाको ढोका खुल्ला रहेको अवस्थामा कोठाभित्र खाटमा सुतिरहेको स्थानमा मृत मृत फेला परेका प्रहरीले जनाएको छ।

खबर प्राप्त हुना साथ प्रहरी टोली उक्त स्थानमा खटिई गई उक्त स्थानमा स्थानिय वडाका जनप्रतिनिधि, फोरेन्सिक बिभागका चिकित्सक, तालुक अपराध महाशाखा, पर्यटक प्रहरी र सिङ्गापुर दुताबासका प्रतिनिधी समेतको उपस्थितीमा घटनास्थल लास जाँच मुचुल्का लगायतको प्रारम्भिक अनुसन्धान कार्य जारी रहेको प्रहरीको भनाई छ।

उनी सो कोठामा २०२४ जुलाई १ तारिकमा कोठा बुक गरी जुलाई ६ तारिखबाट बस्दै आएको पाइएको छ।

प्रकाशित मिति : १६ श्रावण २०८१, बुधबार  ३ : ३८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।