२८ असार २०८३, आइतबार | Sun Jul 12 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


भक्तपुरमा फर्निचर उद्योगमा भिषण आगलागी, दुई करोड ६० लाख रुपैयाँ बराबरको क्षति



१८ साउन । मध्यपुरथिमि नगरपालिका‐३ कौशलटार अमिनिटी स्कुल नजिकै रहेको शङ्कर कटुवालको घरमा सञ्चालित एक फर्निचर उद्योगमा आज आगलागी हुँदा दुई करोड ६० लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

नाशा इन्टेरियर कम्पनी नामको आल्मुनियम एवं फर्निचर फ्याक्ट्रीमा करेन्ट सर्ट भई आगलागी हुँदा फर्निचर कारखानामा रहेका सामान जलेर नष्ट भएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजन कार्कीले जानकारी दिए ।

आगो भक्तपुर, काठमाडौँ र ललितपुरबाट आएका पाँच दमकल, स्थानीयवासी र प्रहरीको प्रयासबाट तीन घण्टापछि निभाइएको थियो ।

प्रकाशित मिति : १८ श्रावण २०८१, शुक्रबार  ४ : ०४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।