५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


बढी र पहिरोले गर्दा ९ राजमार्ग पूर्णरूपमा ठप्प



२२ साउन । सोमबार रातिदेखि परेको अविरल वर्षाका कारण आएको बढी र पहिरोले गर्दा देशभरको प्रमुख सडक खण्डहरू प्रभावित भएका छन्।

सडक विभागकाअनुसार देशभरका सडक मध्ये ९ सडक खण्ड पूर्ण रूपले ठप्प भएका छन् ।

यस्तै ५ राजमार्ग एकतर्फी रूपले सञ्चालन भएका छन् । कोशी प्रदेशमा उत्तर दक्षिण कोशी राजमार्ग, चतरा-बारह क्षेत्र भित्री सडक, बागमती प्रदेशमा चरिकोट सडक खण्ड, गण्डकी प्रदेशमा बेनी- दरबाङ सडक, बेनी जोमसोम सडक, कालीगण्डकी करिडोर, लुम्बिनी प्रदेशमा स्वाउली- बाबा बग्दुला सडक र घोराही तुलसीपुर सडक खण्ड पूर्ण रूपमा ठप्प भएको छ।

यस्तै मधेश प्रदेशको बर्दिवासमा पूर्व पश्चिम राजमार्ग, बागमतीको कान्तिपथ राजमार्ग को भीमफेदीका कालो पहिरो र महादेवटार, अरनिको राजमार्गको बलेफी जुरे, मेलम्ची जिरो किलो सडकमा मेलम्ची धितालबेशी स्थानमा अवरुद्ध हुँदा एक तर्फी सडक सुचारु गरिएको छ।

प्रकाशित मिति : २२ श्रावण २०८१, मंगलबार  ८ : १७ बजे