१ भदौ २०८३, सोमबार | Mon Aug 17 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


पहिरोमा परी ४ जनाको मृत्यु, २ घाइते



२२ साउन । गुल्मीमा पहिरोमा परी चार जनाको मृत्यु भएको छ। जिल्लाको मुसिकोट नगरपालिका- १ बिसौनामा पहिरोले दुई घर पुरिँदा चार जनाको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार रातिदेखि आएको भारी वर्षासँगैको पहिरोमा पुरिएर चार जनाको मृत्यु भएको हो भने दुई जना घाइते भएका हुन्।

मृत्यु हुनेमा ६७ वर्षीय हुकुम विक, ६६ वर्षीया मसुरी विक, ४८ वर्षीय गोरे विक र साढे दुई वर्षकी रियन्सा विक रहेका छन् भने घाइते हुनेमा ‍मुना विक र विष्णु विक रहेका छन्।

प्रकाशित मिति : २२ श्रावण २०८१, मंगलबार  ९ : २८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।