२२ माघ २०८२, बुधबार | Thu Feb 5 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


एयर डाइनेस्टी हेलिकप्टर दुर्घटनामा ५ जनाकै मृत्यु(अपडेट)



काठमाडौं । नुवाकोटमा दुर्घटनाग्रस्त हेलिकप्टरको काठमाडौंबाट उडेको ३ मिनेटपछि नै टावरसँग सम्पर्कविच्छेद भएको खुलेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले जारी गरेको विज्ञप्तिमा दुर्घटनाग्रस्त हेलिकप्टर काठमाडौंबाट उडेको ३ मिनेटपछि सम्पर्कविहीन भएको उल्लेख गरिएको छ ।

दुर्घटनामा ५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार एक महिला र ४ पुरुषको शव निकालिएको छ ।
मृत्यु हुनेमा चिनियाँ पर्यटक जुदाड टाङ, जी लि, यियाद वु र जेमिङ सीसहित क्याप्टेन अरुण मल्ल रहेका छन् ।

त्रिभुवन विमानस्थल स्रोतका अनुसार हेलिकप्टर १ बजेर ५४ मिनेटमा काठमाडौंबाट उडेको थियो । हेलिकप्टरमा ४ जना विदेशी र एक जना क्याप्टेन गरी ५ जना सवार रहेका थिए ।

प्रकाशित मिति : २३ श्रावण २०८१, बुधबार  १० : १६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।