१३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


सिक्किममा आएको भूकम्पले नेपालमा समेत हल्लायो



२५ साउन । शुक्रबार बिहान सिक्किममा भूकम्प गएको छ। जसको धक्का नेपालसम्म आइपुगेको छ। भारतीय राष्ट्रिय भूकम्प विज्ञान केन्द्रका अनुसार स्थानीय समय बिहान ६ बजेर ५७ मिनेट जाँदा सिक्किमको सोरेङआसपास केन्द्रबिन्दु बनाएर ४.४ रेक्टर स्केलको भूकम्प गएको हो।

स्थानीय सञ्चारमाध्यमका अनुसार भूकम्पको धक्का सिक्किम, दार्जीलिङसहित पश्चिम बंगालका केही जिल्लामा महसुस भएको थियो। यसैबीच नेपालको पूर्वी क्षेत्रमा समेत भूकम्पको धक्का महसुस गरिएको स्थानीयले बताएका छन्।

प्रकाशित मिति : २५ श्रावण २०८१, शुक्रबार  ८ : ३७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।