२६ साउन । महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालपरिसरको एक भवनबाट हाम फालेपछि युवकको मृत्यु भएको छ ।
प्रहरीका अनुसमार मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरबाट छतबाट हाम फालेका ती युवकको मृत्यु भएको हो । मृत्यु हुनेमा गोकर्णेश्वर नगरपालिका ४ बस्ने २१ वर्षीय स्वरूपराज आचार्य रहेका छन् ।
शनिबार दिउँसो करिब ३ बजे आचार्य त्रिवि शिक्षण अस्पतालमा रहेको सेन्टरको भवनबाट हाम फालेका थिए ।
भवनको छैटौँ तलामा रहेको एस क्याफेको छतको रेलिङबाट हामफाली उनी घाइते भएका थिए ।
उनलाई तत्काल उपचारको लागि उक्त हस्पिटलको इमर्जेन्सीमा लगिएको थियो । उपचारको क्रममा उनको निधन भएको प्रहरीले जानकारी दिएको छ।
घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।
प्रतिक्रिया