१३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


चट्याङले लागेर मृत्यु भएको घरमा तह्रौ पुण्यतिथिमा फेरि चट्याङ लाग्यो, दश जना घाइते



कैलाली
२७ साउन । चट्याङले लागेर मृत्यु भएको घरमा तह्रौ पुण्यतिथिमा फेरि चट्याङ लागेर दश घाइते भएको छन् ।
कैलालीको बर्दगोरिया गाउँपालिका–१ उत्तरमुडामा आज चट्याङ पर्दा दश जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक लोकेन्द्रसिंह कार्कीका अनुसार स्थानीय भीमबहादुर चौधरीको घरमा मृत्यु भएका एक व्यक्तिको १३ दिने पुण्य तिथिमा स्थानीय जमघट भई खाना पकाइरहेको अवस्थामा चट्याङ परेको थियो ।
प्रहरी निरीक्षक कार्कीका अनुसार घाइते हुनेमा सोही ठाउँका फिरियादेवी चौधरी, रितादेवी चौधरी, माया चौधरी, कमलापती चौधरी, किरन चौधरी, उर्मिला डगौरा, पार्वती चौधरी, फुलकुमारी चौधरी, निर्मलादेवी थारु र घोडाघोडी नगरपालिका–३ ढुसरका ममता थारु रहेका छन् ।
घाइतेको बर्दगोरिया अस्पताल बौनियामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २७ श्रावण २०८१, आइतबार  २ : १४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।