२८ असार २०८३, आइतबार | Sun Jul 12 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


मानव बेचबिखनको आरोपमा गोकर्णेश्वर गौरीघाटबाट एक जना पक्राउ



२९ साउन । ‘ग्रिन कार्ड’को प्रलोभनमा पारी मरिसस पुर्‍याई मानव बेचबिखन गरेको अभियोगमा झापा कमल गाउँपालिका–१ का ५४ वर्षीय बुद्धिराज न्यौपानेलाई सोमवार प्रहरीले पक्राउ गरेको छ।

पीडितले गत असार २० गते नेपाल फर्किएर उजुरी दिएपश्चात् मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलले न्यौपानेलाई काठमाडौँको गोकर्णेश्वर नगरपालिका–७ गौरीघाटबाट पक्राउ गरेको हो।

न्यौपानेले मासिक ७० हजार रुपैयाँ तलबमा ‘कुक’को काम लगाइदिने तथा काम गरेको केही समयपछि ‘ग्रिन कार्ड’ पाइने भनी प्रलोभन देखाई मरिसस पुर्‍याएको पीडितको उजुरीमा उल्लेख छ।

पीडितबाट २ लाख ५० हजार रुपैयाँ लिई विसं २०८० मंसिर १३ गते भारतको नयाँ दिल्ली हुँदै मरिसस पुर्‍याई मरिसियाली नागरिकको जिम्मा लगाई दैनिक १७/१८ घण्टा घरको काम लगाई समयमा खान र तलबसमेत नदिई चरम श्रम तथा यौनशोषण गरेको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ।

अभियुक्त न्यौपानेउपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट ५ दिन म्याद थपको अनुमति लिई प्रहरीले अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति : २९ श्रावण २०८१, मंगलबार  १० : ५८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।