८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

बागमती प्रदेश


हेटौँडामा मोटरसाइकलले ठक्कर दिँदा बालकको मृत्यु



मकवानपुर
१ भदौ । मकवानपुरको हेटौँडा उपमहनगरपालिका–९ धापमा आज मोटरसाइकलको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।

मयुरधापबाट हेटौँडा बजारतर्फ आउँदै गरेको बागमती प्रदेश०३–००५प २४३ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा स्थानीय रामचन्द्र अर्यालका पाँच वर्षीय छोरा सिभांस अर्यालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा परेर गम्भीर घाइते भएका ती बालकको हेटौँडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । ठक्कर दिने मोटरसाइकल र चालकलाई नियन्त्रणमा लिई घटनाका बारेमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १ भाद्र २०८१, शनिबार  २ : ११ बजे