३ भदौं । आज श्रावण शुक्ल पूर्णिमा । देशभरका मठ मन्दिरनजिकै रहेका जलाशयमा हिन्दु पुरुषहरुले स्नान गरेर जनै फेर्ने गर्दछन् । रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र (डोरो) बाँध्छन् ।
मानव रक्षाका लागि जप, तप र पूजागरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितहरुले यजमानको दाहिने नाडीमा बाँधिदिने गरिन्छ । गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको जनै र रक्षासूत्र धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ ।
जनैपूर्णिमाका दिन सोमबार बिहान पवित्रस्थल देवघाटमा श्रावणी स्नान (गणस्नान) गर्दै पण्डित एवं पुरोहितहरु ।
आज जनै फेर्न बिहानैदेखि पशुपतिनाथ मन्दिर परिसर, गोकर्णेश्वर,वसन्तपुरस्थित अशोकविनायक, वाग्मती नदी किनार र मठमन्दिरमा भक्तजनको भीड लागेको छ ।
पशुपतिनाथ मन्दिरस्थित बागमती नदी किनारामा सोमबार जनैपूर्णिमामा स्नान गरि जनै फेर्दै भक्तजन । लेन्स : हरिराम भेटुवाल / रासस
आजैका दिन दिदीबहिनीहरुले आफ्ना दाजुभाईहरुलाई उन्नती, प्रगति र दिर्घायुको कामना गर्दै राखी बाँधिदिने चलन छ ।
पशुपतिनाथ मन्दिरस्थित बागमती नदी किनारामा सोमबार जनैपूर्णिमामा स्नान गरि जनै फेर्दै भक्तजन । लेन्स : हरिराम भेटुवाल / रासस
जनैपूर्णिमाका दिन सोमबार बिहान पवित्रस्थल देवघाटमा श्रावणी स्नान ९गणस्नान० गर्दै पण्डित एवं पुरोहितहरु । लेन्स : सनद अधिकारी/रासस
प्रकाशित मिति :
३ भाद्र २०८१, सोमबार ३ :
४१ बजे
तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।
प्रतिक्रिया