१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


हेटौंडामा मन्त्री क्वाटरमा आगलागी



९ भदौ । बागमती प्रदेशका संस्कृति, पर्यटन तथा सहकारीमन्त्री विमल ठकुरीको निवासमा आज साँझ आगलागी भएको छ ।

मन्त्री बस्ने भवनको माथिल्लो तलामा रहेको सभा हलमा आगलागी हुँदा इन्भर्टर ब्याट्री चार थान, पावर सप्लाइ बक्स, वाइफाइ राउटर, गलैँचा, जिप्सन बोर्डमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

आइतबार साँझ ७ बजेर ४० मिनेट जाँदा आगलागी सुरु भएको र ७ बजेर ५५ मिनेटमा निभाइएको मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

आगलागी हेटौंडा उपमहानगरको वारुणयन्त्र प्रयोग गरिएको थियो । विद्युत् सर्ट भएका कारण आगलागी भएको प्रहरीले जनाएको छ । हेटौंडा–९ लामसुरेस्थित हेटौंडा सिमेन्ट उद्योगको कर्मचारी आवासलाई नै मन्त्री निवास बनाइएको थियो ।

प्रकाशित मिति : ९ भाद्र २०८१, आइतबार  ५ : २० बजे