१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुरबाट लागुऔषध ट्रामाडोलसहित ४ जना पक्राउ



१० भदौ । प्रहरीले ललितपुरको महालक्ष्मी नगरपालिका–१ स्थित तिमल्सिना चोकबाट लागु औषध ट्रामाडोल सहित ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा महालक्ष्मी–६ स्थित सानागाउँ बस्ने २९ वर्षीया सबिना महर्जन, २९ वर्षीय समित राजबंशी, गोदावरी नगरपालिका–७ बस्ने ३५ वर्षीय पदम लामा र महालक्ष्मी नगरपालिका–९ बस्ने २९ वर्षीय अमुल पोखरेल छन् ।

आइतबार साँझ उनिहरुलाई तिमल्सिना चोक स्थित चियाचु क्याफेबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेश सुवेदीले जानकारी दिए । प्रहरीले उनीहरूको साथबाट लागु औषध ट्रामाडोल ७० पत्ता र खुकुरी एक थान बरामद गरेको छ ।

प्रकाशित मिति : १० भाद्र २०८१, सोमबार  १ : ३५ बजे