२ पुस २०८२, बुधबार | Wed Dec 17 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


अवरुद्ध हेटौँडा–काठमाडौं सडक सुचारु



११ भदौ । पहिरोका कारण अवरुद्ध हेटौँडा–काठमाडौं सडक आजदेखि सञ्चालनमा आएको छ । सडक विभागले पहिरो हटाएसँगै अवरुद्ध सडक खुलेको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ मा वर्षाका कारण पहिरो गएको थियो ।

यस्तै कान्तिलोकपथस्थित मकवानपुरको भीमफेदी गाउँपालिका–८ महादेवटार सडकखण्ड समेत पहिरोका कारण अवरुद्ध भएको थियो । अहिले उक्त सडकसमेत सञ्चालनमा आएको प्रहरी नायव उपरीक्षक भण्डारीले बताए ।

 

प्रकाशित मिति : ११ भाद्र २०८१, मंगलबार  ८ : २१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।