९ चैत्र २०८२, सोमबार | Tue Mar 24 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


बनेपा महोत्सवको पाँचौ संस्करण हुँदै



१६ भदौ । बनेपामा व्यापारिक, सांस्कृतिक तथा मनोरञ्जनात्मक खेल मेलाको आयोजना गरिने भएको छ । बनेपा ब्वाइज क्लबद्वारा आयोजना हुन लागेको ‘बनेपा महोत्सव–२०८१ पाँचौँ संस्करण’ आउँदो असोज ९ गतेदेखि १५ दिन आयोजना हुनेछ ।

बनेपामा आन्तरिक पर्यटनलाई आकर्षित गर्ने, विभिन्न कृषि, धार्मिक, सांस्कृतिक, औद्योगिक, हस्तकला प्रबद्र्धन, खेलकूद विकास गर्ने उद्देश्यले बनेपा नगरपालिका– स्थित उग्रेश्वर महदेव मन्दिर परिसरमा मेलाको आयोजना गर्न लागिएको क्लबका अध्यक्ष महेश कर्माचार्यले जानकारी दिए । उनका अनुसार उक्त मेलामा कृषि, घरेलु सामग्रीलगायतका करिब एक सय वटा प्रदर्शनी कक्ष रहनेछन् ।

मेलामा बालबालिकाको मनोरञ्जनका लागि बाल उद्यानको व्यवस्थापन गरी मेला अवधिभर प्रत्येक दिन राष्ट्रिय कलाकारको सहभागिता गराई साँस्कृतिका कार्यक्रमसमेत गरिने जनाइएको छ । मेलामा खेल प्रतिस्पर्धा, खुल्ला नृत्य तथा गायन, मार्सल आर्ट तथा ऐतिहासिक बनेपासम्बन्धी विभिन्न प्रतियोगिता सञ्चालन गरिनेछ । मेलाको व्यवस्थापनको तयारी सुरु भइसकेको कर्माचार्यले बताए ।

मेलामा स्थानीय कला, संस्कृति झल्कने झाँकी प्रदर्शन, बाजागाजा, मौलिक नाच प्रदर्शन गरिने छ । मेला सम्पन्न गर्न विभिन्न समिति निर्माण गरिने तयारी भएको क्लबले जनाएको छ । ऐतिहासिक एवं प्राचीन सहर बनेपा काभ्रेपलाञ्चोकको मुख्य व्यापारिक केन्द्र हो ।

प्रकाशित मिति : १६ भाद्र २०८१, आइतबार  ४ : ५९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।