२२ आश्विन २०८३, बिहिबार | Fri Oct 9 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौं उपत्यकामा दुईं जना मृत अवस्थामा फेला



काठमाडौं
२० भदौ । काठमाडौं उपत्यकामा दुईं जना मृत अवस्थामा फेला परेका छन् ।
प्रहरीका अनुसार काठमाडौंको बुढानिलकण्ठ नगरपालिका–४ लिपिकोटस्थित टहरामा बस्ने खोटाङ घर भएकी ४९ वर्षीया मिलन सरी राई आफ्नै टहरामा बुधबार मृत अवस्थामा फेला परेकी छिन्
।
साथै ललितपुरको महालक्ष्मी नगरपालिका–८ गोदावरी खोला किनारमा सोही नगरपालिकाको टिकाथली बस्ने इलाम चुलाचुली गाउँपालिका–५ घर भएका ५७ वर्षीय लक्ष्मण राई बुधबार मृत अवस्थामा फेला परेका छन् ।
घटनाहरुको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : २० भदौ २०८१, बिहिबार  ७ : २३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।