२८ असार २०८३, आइतबार | Sun Jul 12 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


बालिका करणी आरोपमा कुलेश्वर आवास क्षेत्रबाट ५४ वर्षीय पुरुष पक्राउ



२० भदौ । बालिका करणी आरोपमा कुलेश्वर आवास क्षेत्रबाट ५४ वर्षीय पुरुष पक्राउ परेका छन् । बालिकाले आफू जोखिममा रहेको सूचना दिएपछि अनुगमन टोलीले तयार पारेको प्रतिवेदनका आधारमा आरोप लागेका पुरुषलाई पक्राउ गरिएको हो ।

गएको ६ बर्षदेखि त्यही घरमा आफू घरेलु कामदारका रुपमा रहेको र गएको ३ वर्षदेखि आफूमाथि जवर्जस्ती करणी गरिरहेको बालिकाले बताएकी छन् । उनी अहिले १७ वर्षकी छिन् ।

बालबालिकाहरुको अवस्था अध्ययनका लागि महानगरपालिकाले सार्वजनिक यातायात क्षेत्र, होटल रेष्टुरेन्ट तथा होस्टलमा रहेका बालश्रमिक र आफ्ना नातागोताबाहेक अन्य व्यक्तिसँग रहे बसेका बालबालिका सम्बन्धी जानकारी लिन परिचालन गरेका इन्टर्न विद्यार्थीहरुले बालबालिकाको अवस्थाका विषयमा जानकारी लिने गरेका छन् । यसरी प्राप्त गरिएको जानकारी र संयुृक्त अनुगमन टोलीले गरेको अनुगमनपछि तयार पारिएको प्रतिवेदनले बालिकामाथि यौनजन्य दुव्र्यवहार भएको देखिन्छ । प्रमुखको सचिवालय सदस्य धिरज जोशी भन्छन्, ‘यो प्रतिवेदन आफैँमा जाहेरी हो । हामीले बालिकाका अभिभावकलाई पनि बोलाएका छौँ । अब कारवाही प्रक्रिया अगाडि बढ्छ ।’

आरोपित व्यक्तिलाई कालीमाटी प्रहरी वृत्तमा राखिएको छ ।

अहिलेसम्म जोखिममा रहेका २७ जना बालिका र २४ जना बालक गरी ५१ जना बालबालिकालाई उद्धार गरिसकिएको छ । जसमध्ये २३ जनालाई अस्थायी संरक्षण गृहमा राखिएको छ । सुरक्षा, शिक्षादीक्षा तथा स्वास्थ्योपचार सुनिश्चित गरेर बाँकीलाई पारिवारिक पुनर्मिलन गराइएको जोशीले जानकारी दिए ।

प्रकाशित मिति : २० भदौ २०८१, बिहिबार  १ : ५४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।