२१ भदौ । काठमाडौं नक्सालस्थित टेस्लाको शोरुममा आगलागी भएको छ । शुक्रबार टेस्ला गाडीको शोरुममा आगलागी भएको हो। सर्ट सर्किट भएर आगलागी भएको जनाइएको छ । आगलागीका कारण कार्यालय र स्पेयर पार्टहरु जलेका छन् । आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ ।
आगलागीबाट भवनको पहिलो र दोस्रो तलामा क्षति पुगे पनि गाडीमा भने क्षति हुन नपाएको प्रहरीले जनाएको छ । नेपालमा अरित इन्टरनेशनलले विद्युतीय गाडी टेस्ला बिक्री गर्दै आएको छ ।
२१ भाद्र २०८१, शुक्रबार
612
Shares
प्रतिक्रिया