२९ फाल्गुन २०८२, शुक्रबार | Fri Mar 13 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेश


रकेट आक्रमणपछि भारतको मणिपुरमा विद्यालय बन्द



२२ भदौ । भारत मणिपुर राज्यमा विद्रोहीले रकेट प्रहार गर्दा एक सर्वसाधारणको मृत्यु हुनुका साथै ६ जना घाइते भएपछि शनिबारदेखि विद्यालय बन्द गर्ने आदेश दिइएको छ। जातीय विभाजनका कारण एक वर्षअघि मणिपुरमा हिन्दु मेइतेई बहुमत र इसाई कुकी समुदायबीच लडाइँ सुरु भएको थियो।

स्थानीय सरकारको सूचनामा ‘विद्यार्थी र शिक्षकहरूको सुरक्षाका निम्ति राज्यका सबै विद्यालयहरू शनिबार बन्द गर्ने’ जनाइएको छ। शुक्रबार एक विद्रोही समूहले मणिपुरको विष्णुपुर जिल्लामा रकेट प्रहार गरेको थियो। त्यसलाई स्थानीय प्रहरीले कुकी समूहले आक्रमण गरेको जनाएको छ।

मणिपुरका पूर्वमुख्यमन्त्री स्व. मैरेनबाम कोइरेङ सिंहको निवासमा रकेट प्रहार गरिँदा एक व्यक्तिको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। शुक्रबारको आक्रमणमा विद्रोहीले विस्फोटक पदार्थ खसाल्न ड्रोन प्रयोग गरेपछि प्रहरीले राज्यमा हिंसामा वृद्धि भएको जनाएको छ।

मेइतेई र कुकी समुदायबीच जमिन र सार्वजनिक रोजगारीका निम्ति भएको विवादबीच राजनीतिक लाभका लागि स्थानीय नेताले जातीय विभाजन बढाएको आरोप मानवअधिकारवादी समूहले लगाएका छन्।

प्रकाशित मिति : २२ भाद्र २०८१, शनिबार  ३ : ५६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।