८ कार्तिक २०८१, बिहिबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौंको बानेश्वर र रानीबारीमा एक एक जना मृत फेला



काठमाडौं
२३ भदौ । काठमाडौंको बानेश्वर र रानीबारीमा एक एक जना मृत फेला परेका छन् ।
प्रहरीका अनुसार काठमाडौं महानगरपालिका–३१ बानेश्वर सुकुमवासी १ नम्बर पानीटयाङकी नजिकै बाग्मती खोलामा एक पुरुष मृत फेला परेका हुन् । खोला किनारमा सिन्धुली कमलामाई नगरपालिका–११ घर भई काठमाडौं नरदेवी बस्ने ४९ वर्षीय केदार बहादुर खड्का शनिबार मृत अवस्थामा फेला परेको प्रहरीको भनाई छ ।
यसैगरी काठमाडौं महानगरपालिका–२६ रानीबारी कुमारी टोल डेरा गरी बस्ने तनहुँ शुक्ला गण्डकी नगरपालिका–८ घर भएका ५० वर्षीयको लोकेन्द्र महत आफ्नै कोठामा शनिबार मृत अवस्थामा फेला परेका छन् ।
घटनाहरुका सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : २३ भाद्र २०८१, आइतबार  ५ : ०४ बजे