१ जेष्ठ २०८३, शुक्रबार | Fri May 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


खोलामा डुबेर एक किशोरको मृत्यु, एक बेपत्ता



१७ वर्षीय फिरोज खानको डुबेर मृत्युको भएको छ भने  बिर्तामोड नगरपालिका–२ का १८ वर्षीय उज्ज्वल राई बेपत्ता भएका छन्

 

बनियानी (झापा)
२४ भदौ । झापाको शिवसताक्षी नगरपालिका–१० स्थित माईखोलामा पौडी खेल्ने क्रममा डुबेर आज एक जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् ।

भद्रपुर नगरपालिका–५ का १७ वर्षीय फिरोज खानको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिएका छन् । त्यसैगरी बिर्तामोड नगरपालिका–२ का १८ वर्षीय उज्ज्वल राई बेपत्ता भएका छन् ।

खान र राईसहित चार जना दोमुखा घुम्न आउने क्रममा माईखोलामा नुहाउन पसेका थिए । नुहाउन पसेका मध्ये खान र राई खोलामा डुबेर बेपत्ता भएका थिए । घटनाको जानकारी प्राप्त गरे लगत्तै खटिएको प्रहरी टोलीले बेपत्ता मध्ये फिरोज खानको शव घटनास्थलबाट एक सय मिटर तल ढुङ्गामा अड्किएको अवस्थामा फेला पारेको थियो ।

राई हालसम्म फेला नपरेकाले कोशी प्रदेश प्रहरी विपद् व्यवस्थापन गुल्म चन्द्रगढी र सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस क्याम्प शनिश्चरको टोलीले खोजी गरिरहेको छ । मृत खानको शव परीक्षणका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २४ भाद्र २०८१, सोमबार  ४ : १४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।