१ जेष्ठ २०८३, शुक्रबार | Fri May 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


पत्रकार महासंघका अध्यक्ष पोखरेलले दिए राजीनामा



काठमाडौं
२४ भदौं । नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले पदबाट राजीनामा दिएका छन् । पोखरेलले वरिष्ठ उपाध्यक्ष रमेश विष्टलाई राजीनामा बुझाएका हुन् ।

महासंघको निर्वाचन दुई पटक तोकिएपनि हुन नसकेको अवस्थामा अध्यक्ष पोखरेलले पुनः कार्यतालिका ल्याउन नसकेको, सदस्यता विवाद मिलाउन नसकेको अवस्थामा उनले राजीनामा दिएका हुन् ।

पोखरेलले महासंघको अहिलेको अवस्थाप्रति नैतिक जिम्मेवारी लिदै राजीनामा दिएको उल्लेख गरेका छन् ।

प्रकाशित मिति : २४ भाद्र २०८१, सोमबार  ४ : ४९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।