८ कार्तिक २०८१, बिहिबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


डिभीका लागि नक्कली शैक्षिक प्रमाणपत्रः ललितपुरका २ सहित चार जना पक्राउ



२५ भदौ । नेपालस्थित अमेरिकी दूतावासमा इलेक्ट्रोनिक विविधता भिसा (इडिभी) प्रयोजनका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको अभियोगमा प्रहरीले चारजनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

ललितपुरको महालक्ष्मी नगरपालिका– ८ घर भई हाल महालक्ष्मी– ४ इमाडोल बस्ने ३२ वर्षीया गोमा पाण्डे, सर्लाही लालबन्दी नगरपालिका– १० घर भई हाल महालक्ष्मी– ५ टीकाथली बस्ने २८ वर्षीय अनिलकुमार महतो, झापा अर्जुनधारा नगरपालिका– ८ घर भई हाल ललितपुरको इमाडोल बस्ने ५० वर्षीय गोपालप्रसाद घिमिरे र संखुवासभा खाँदबारी नगरपालिका– ९ घर भई हाल भक्तपुर मध्यपुरठिमी नगरपालिका– ५ बस्ने ४३ वर्षीय सुवास ढकाललाई पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए ।

उनका अनुसार नेपालस्थित अमेरिकी दूतावासमा इडिभी प्रयोजनका लागि एसइई र १० जाेड २ को नक्कली शैक्षिक प्रमाणपत्र बनाई पेस गरेको भन्ने सूचनाका आधारमा अमेरिकी दूतावाससँगको समन्वयमा उनीहरूलाई पक्राउ गरिएको हो ।

अमेरिकन राजदूतावासनजिकबाट पक्राउ परेका उनीहरूलाई लिखितसम्बन्धी कसुरमा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको सूचना अधिकारी आचार्यले बताए ।

प्रकाशित मिति : २५ भाद्र २०८१, मंगलबार  १० : ४७ बजे