२५ भदौ । काठमाडौं महानगरपालिकाभित्र प्रयोग हुने जारको पानीमा दिसाजन्य पदार्थ (कोलिफर्म) भेटिएको छ । महानगरपालिकाले गरेको परीक्षणमा तीन वटा कम्पनीका जारको पानीमा कोलिफर्म भेटिएको हो ।
महानगरले १० वटा कम्पनीको जारको पानी दुई चरणमा परीक्षण गर्दा तीन वटा कम्पनीको उत्पादनमा कोलिफर्म भेटिएको हो । पछिल्लो पटक महानगरले १८ भदौमा पिउनका लागि प्रयोग हुने ५ वटा कम्पनीको जारको पानी परीक्षणका लागि नमूना काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) को प्रयोगशालामा पठाएको थियो ।
५ वटा कम्पनीको पानी परीक्षण गर्दा ‘एक्वा पिस’ र ‘एक्वा टोखा’ कम्पनीहरूले उत्पादन गरेको जारको पानीमा कोलिफर्म भेटिएको महानगरले जनाएको छ ।
२५ भाद्र २०८१, मंगलबार
94
Shares
प्रतिक्रिया