८ कार्तिक २०८१, बिहिबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


उपत्यकामा एकै दिन दुई महिलाको शव फेला



काठमाडौं
२६ भदौ । उपत्यकामा एकै दिन दुई महिलाको शव फेला परेको छ ।
काठमाडौंको बुढानिलकण्ठ पासिकोट र भक्तपुरको चरखण्डी जंगलमा दुई महिलाको शव फेला परेको हो ।
प्रहरीका अनुसार भक्तपुरको सूर्यबिनायक नगरपालिका–४ गाम्चा बस्ने ६० वर्षीया मिठु खत्री पौडेल मृत फेला परिन् । उनी यसै ठाँउमा रहेको चरखण्डी जंगलको खोल्सामा बुधबार मृत अवस्थामा फेला परेकी हुन् ।
साथै काठमाडौं बुढानिलकण्ठ नगरपालिका–४ शिव मन्दिरस्थित खेतमा पनि अर्की महिलाको शव फेला परेको छ ।
बुढानिलकण्ठ नगरपालिका–४ पासिकोट डेरा गरी बस्ने टोखा नगरपालिका–३ घर भएकी ४८ वर्षीया हेरादेवि महर्जन मंगलबार मृत अवस्थामा फेला परेकी हुन् ।
दुबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।

प्रकाशित मिति : २७ भाद्र २०८१, बिहिबार  ३ : ४४ बजे