३० मंसिर २०८२, सोमबार | Mon Dec 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


पशुपतिमा लगाइएको कोटीहोममा ७२ लाख ५० हजार घाटा



ललितखबर

२७ भदौ । गत साउन महिनाभर पशुपतिमा लगाइएको कोटीहोममा ७२ लाख ५० हजार ३०४ रूपैयाँ घाटा भएको छ । कोटी होमको सम्बन्धमा काठमाडौंमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार कोटीहोम २० करोड १५ लाख ८२ हजार ४९० चन्दा उठेको छ भने केही जिन्सी र धातुका पैसा हिसाब गरीएको छैन । १ देखि २ करोडसम्म उठ्न बाँकी रहेको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । महायज्ञमा २० करोड ८८ लाख ३२ हजार ७९४ खर्च भएको छ ।

फाउण्डेसनले ललितपुरको गोदावरी क्षेत्रमा मामाघर र भक्तपुरको ताथलीमा छोरीको घर आश्रम सञ्चालन गरिरहेको छ । फाउन्डेसनका अध्यक्ष वालयोगेश्वर विजय कृष्णमूर्तिले दुबै आश्रम भाडामा सञ्चालन भइरहेको र दिगो रूपमा सञ्चालनका लागि जग्गा खरिद गरेर भवनलगायत संरचना निर्माण गर्न महायज्ञ आयोजना गरिएको जानकारी दिए ।

उनले कोटी होम सफल बनाउन सञ्चारकर्मी र पत्रकारको उल्लेख्य भूमिका रहेको भन्दै तारिफ गरे । कोटीहोम आयोजनाका लागि फाउण्डेसनले दुई वर्षसम्म मेहनत गरेको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।

महायज्ञमा पत्रकारहरूमाथि हातपात भएको सन्दर्भमा अध्यक्ष कृष्णमूर्तिले माफी मागेका थिए । महायज्ञमा केही कमी कमजोरी भएको अनुभव सुनाउदै फाउण्डेसनका अध्यक्ष कृष्णमूर्तिले आउँदा दिनमा व्यवस्थित बनाउने बताए ।

प्रकाशित मिति : २७ भाद्र २०८१, बिहिबार  ९ : १६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।