३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


म्हैपीमा ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु



३ असोज । काठमाडौं महानगरपालिका–१६ म्हैपीस्थित विष्णुमती करिडोर सडकमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

बा ४ ख ८६८५ नम्बरको मिनी ट्रकले ग १४ प ६४४३ नम्बरको मोटरसाइकललाई बुधबार राति ठक्कर दिएको थियो । सो क्रममा मोटरसाइकल चालक बाग्लुङको बाग्लुङ नगरपालिका–१२ घर भएका २५ वर्षीय विनोद खड्काको मृत्यु भएको हो ।

उनको ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । मोटरसाइकलमा सवार अर्का एक जना भने घाइते छन् ।

उनको ट्रमा सेन्टरमै उपचार भइरहेको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : ३ आश्विन २०८१, बिहिबार  ७ : ०४ बजे