४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


दरबारमार्ग कन्सर्टमा धकेलाधकेल गर्ने ४ जना पक्राउ



४ असोज । काठमाडौँको दरबारमार्गमा संविधान दिवसको अवसर पारेर बिहीबार आयोजित ‘नेसनल डे कन्सर्ट’मा धकेलाधकेल गर्ने ४ जनालाई प्रहरीले पक्राउ गरेको छ।

कन्सर्ट चलिरहेको बेलामा केही युवाहरूले भिडमा उत्तेजित हुँदै धकेलाधकेल गरेपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

पक्राउ पर्नेमा बझाङको मस्टा गाउँपालिका–३ का १९ वर्षीय तिलक खडका, कैलालीको घोडाघोडी नगरपालिका–९ का १८ वर्षीय सन्तोष धामी, कैलालीको टिकापुर नगरपालिका–१ का २० वर्षीय समिर देवल र दार्चुलाको मालिकार्जुन शैलेविश नगरपालिका–६ का २३ वर्षीय दिपेन्द्र धामी रहेका छन्। पक्राउ परेका चारै जनालाई दरबार प्रहरी बृत्तमा राखिएको छ।

प्रकाशित मिति : ४ आश्विन २०८१, शुक्रबार  ८ : ०६ बजे