२२ माघ २०८२, बुधबार | Thu Feb 5 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


सुन्दरीजलबाट ठगी आरोपमा एक जना पक्राउ



५ असोज । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी क्यानडा पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा एकजना पक्राउ परेका छन्। काठमाडौंको सुन्दरीजल बस्ने गोरखाका ३४ वर्षीय रामहरी भण्डारीलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो।

पक्राउ परेका भण्डारीले क्यानडा पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट १८ लाख ३५ हजार रूपैयाँ लिइ सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा प्रहरीले उनलाई सुन्दरीजलबाट पक्राउ गरेको हो।

उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : ५ आश्विन २०८१, शनिबार  ४ : २२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।