६ आश्विन २०८१, आइतबार | Sun Sep 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


रामेछापमा बोलेरो दुर्घटनाः वडा सदस्यको मृत्यु



६ असोज । मन्थली नगरपालिका ५ सुनारपानीमा बोलेरो दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । मृत्यु हुनेमा मन्थली नगरपालिका वडा ४ की वडा सदस्य माया नेपाली रहेको मन्थली नगरपालिका ५ का वडाध्यक्ष रविन कार्कीले जानकारी दिए ।

मन्थलीबाट सालु तर्फ जाँदै गरेको बा १८ च १८६९ नम्बरको बोलेरो गाडी सुनारपानीको भदौरे डाँडा भन्ने स्थानमा आइतबार दिउँसो २ बजे दुर्घटना भएको हो । दुर्घटनामा परी अन्य ४ जना पनि घाइते भएका छन् । घाइतेको सनाखतका साथै घटनाको थप विवरण आउन बाँकी रहेको छ ।

प्रकाशित मिति : ६ आश्विन २०८१, आइतबार  ११ : ४७ बजे