२२ माघ २०८२, बुधबार | Thu Feb 5 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


काठमाडौं महानगरभित्रका पसलमा सबैले देख्ने गरी मूल्यसूची राख्नुपर्ने



९ असोज । काठमाडौं महानगरपालिकाको क्षेत्रभित्रका पसलहरुले बिक्री गर्ने वस्तुको मूल्यसूची सबैले देख्ने गरी राख्नुपर्ने भएको छ। जरुरी सूचना निकाल्दै महानगरले खुद्रा तथा थोक बिक्रेतालाई उक्त आग्रह गरेको हो।

यसबाहेक अंकित अधिकतम मूल्य (एमआरपी) भन्दा बढी मूल्यमा बिक्रीवितरण नगर्ने सुनिश्चित गर्नुपर्ने, उपभोग गर्ने अवधि (ननएक्सपायरी डेट) बाँकी भएको मालसामान मात्र बिक्रीवितरण गर्नुपर्ने महानगरले जनाएको छ।

यस्तै खाद्य, पेय तथा अन्य वस्तुको गुणस्तर, शुद्धता र स्वच्छता कायम गर्न पनि महानगरको सूचनामा उल्लेख छ। महानगरले कडाइका साथ यी कुरा पालनामा जोड दिएको छ। अनुगमनका क्रममा कैफियत भेटिए, उजुरी परे र गुनासो आएमा प्रचलित कानुनअनुसार कारबाही हुने महानगरको कृषि तथा पशुपन्छी विभागले जनाएको छ।

 

प्रकाशित मिति : ९ आश्विन २०८१, बुधबार  १० : ५० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।