१२ आश्विन २०८१, शनिबार | Sun Sep 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Uncategorized


महानायक राजेश हमालको चलचित्र ‘नरसिंहाः अवतार’को शुभ मुहूर्त



मेरो बुवा उहाको फ्यान भएको कारण मैले पनि उहाको चलचित्र बच्दैदेखी हेर्दै आएको थिए। अहिले उहासँग एउटै चलचित्रमा काम गर्न पाउदा उत्साहित छु

 

११ असोज । महानायक राजेश हमालले अभिनय रहेको चलचित्र ‘नरसिंहाः अवतार’को शुभ मुहूर्त गरिएको छ । यो बिहीवार काठमाडौंको एनएफडिसि स्टुडियो बालाजुमा चलचित्रको मुहूर्त गरिएको हो ।
शुभमुहूर्त कार्यक्रमा यो चलचित्रका निर्माण टिम तथा चलचित्रका मुख्य कलाकारहरु राजेश हमाल ,राज कटुवाल, नीति शाह, सनिशा भट्टराई र अर्जुन श्रेष्ठ लगायतको उपस्थिती थियो।

निर्देशक दिवाकर भट्टराईले निर्देशन गर्नेे चलचित्रको निर्माता नरेन्द्र महर्जनले क्ल्याप हानेका छन् । निर्माता तथा वितरक छविराज ओझाले नरिवल फुटाएर शुभमुहूर्त गरेको चलचित्रको वितरक करण श्रेष्ठको एक्सन सँगै सुटिङ सुरु गरिएको हो ।

निर्देशक भट्टराईले यो चलचित्र आफ्नो लागि निकै च्यालेन्जिङ रहेको बताउदै भने, ’यो चलचित्र मेरो लागि निकै च्यालेन्ज छ। राजेश दाइले धेरै स्क्रिप्टहरु नगरेर मेरो स्क्रिप्ट गर्नु नै मेरो लागि च्यालेन्ज हो । किनकी राजेश दाइलाई कन्भेन्स गर्नलाई नै मलाई ३ महिना लागेको थियो।’ उनले भने।

 

मलाई राजेश हमालले पहिल्यैदेखी नै फिल्म खेल खेल भन्नुहुन्थ्यो, अहिले आएर उहासँगै काम गर्न पाउदा एकदमै खुशी लागेको छ

निर्माता महर्जनका अनुसार यो चलचित्र फरक तरिकाले निर्माण हुने भएकोले आफु यो चलचित्रको निर्माणमा जोडीएको बताए । त्यस्तै, महानायक हमालले यो चलचित्रको स्टोरी आफुले सोचेको भन्दा फरक पाएको र टिमअप राम्रो भएको कारण पुन ः चलचित्रमा फर्किएको बताए ।

यो चलचित्रका नायक राज कटुवालले आफुले सानै बेलादेखी नै राजेश हमालको पोस्टरहरु कलेक्सन गर्दै आएको र अहिले आएर उनीसंगै चलचित्रमा खेल्न पाउदा आफु निकै उत्साहित रहेको बताए ।

फिल्मकी अभिनेत्री नीति शाहले आफुलाई निकै च्यालेन्ज भएको र यो चलचित्रमा राजेश हमाल भएको कारण पनि आफु यो चलचित्रको टिमसँग जोडीएको बताउदै भनिन्,’मलाई राजेश हमालले पहिल्यैदेखी नै फिल्म खेल खेल भन्नुहुन्थ्यो, अहिले आएर उहासँगै काम गर्न पाउदा एकदमै खुशी लागेको छ ।’

चलचित्रकी अर्की नायिका सनिशा भट्टराईले भनिन्, ’मेरो बुवा उहाको फ्यान भएको कारण मैले पनि उहाको चलचित्र बच्दैदेखी हेर्दै आएको थिए। अहिले उहासँग एउटै चलचित्रमा काम गर्न पाउदा उत्साहित छु।, उनले भनिन् ।

आगामी फागुन १४ गते शिवरात्रीलाई प्रदर्शन मिती घोषणा गरेको यो चलचित्रमा महानायक राजेश हमाल, राज कटुवाल , नीति शाह, सरोज खनाल, सनिशा भट्टराई, दीपा शाही, प्रशान्त ताम्राकार, नीर शाह,रमेस चन्द सोडारी,प्रकाश कुँवरलगायतका कलाकारहरुको अभिनय रहनेछ ।

यो चलचित्रबाट ८ वर्षपछि महानायक हमालको बबाल कमब्याक हुँदैछ । उनले यो चलचित्रको लागि केही समयदेखी आफ्नो गज्जबको लुक्स बनाइरहेका छन् । आठ वर्ष भन्दा धेरै समयपछि हमाल चलचित्रमा फर्किने खबरले यतिबेला नेपाली चलचित्र क्षेत्र तात्तिएको छ भने हमाल पनि यो चलचित्रलाई लिएर निकै उत्साहित छन् ।

त्यस्तै, अभिनेता सरोज खनाल र महानायक हमाल ३० वर्षपछि एकसाथ चलचित्रमा काम गर्दैछन् । उनीहरुले सन् १९९४ सेप्टेम्बर २७ मा प्रर्दशन भएको चलचित्र ‘सडक’मा सँगै काम गरेका थिए ।

क्रिएटिभ सिने आर्टको प्रस्तुति रहने यो चलचित्रका द्वन्द निर्देशक चन्द्र पन्त हुन् । यो चलचित्रलाई निर्माता नरेन्द्र महर्जन, पशुराम बस्नेत र धुर्ब न्यौपानेले सयुक्त रुपमा निर्माण गर्दैछन् । यो चलचित्रलाई एप्पल इन्टरटेन्मेन्ट, एफडी कम्पनी र रिच इन्टरटेन्मेन्टले सयुक्त रुपमा वितरण गर्नेछ ।

प्रकाशित मिति : ११ आश्विन २०८१, शुक्रबार  १२ : ५२ बजे