१२ आश्विन २०८१, शनिबार | Sat Sep 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Banner News


काठमाडौं उपत्यकामा बाढी–पहिरो : २३ जनाको मृत्यु, ९१८ जनाको उद्धार



काठमाडौं । काठमाडौं उपत्यकामा बाढीपहिरोमा परेर २३ जनाको मृत्यु भएको छ। काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एसएसपी विनोद घिमिरेका अनुसार काठमाडौंमा १०, ललितपुरमा ९ र भक्तपुरमा ५ जना गरी २३ जनाको मृत्यु भएको हो।

तीन जिल्लामा बाढी पहिरोमा परेर एकजना बेपत्ता छन् । बढी पहिरोमा परेर काठमाडौंमा १० र भक्तपुरमा एक जना घाइते भएका छन्।
त्यसैगरी काठमाडौंमा चार र भक्तपुरमा एउटा घर पहिरोले बगाएको छ। अहिलेसम्म उपत्यकामा १२ सय ४४ घर डुबानमा परेका छन्। काठमाडौं, ललितपुर र भक्तपुरका हजारौँ घरमा पानी पसेको छ। काठमाडौं उपत्यकामा बाढीपीडितको उद्धारमा नेपाल प्रहरीका चार हजार पाँच सय १० जना खटिएका छन् ।

प्रकाशित मिति : १२ आश्विन २०८१, शनिबार  २ : ४५ बजे