३१ श्रावण २०८३, आइतबार | Mon Aug 17 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


बाढी पहिरोमा परेर एक सय जनाको मृत्यु, ६७ बेपत्ता



काठमाडौँ
१३ असोज । बाढीपहिरो र डुबानमा परेर अहिलेसम्म एक सय जना जनाको मृत्यु भएको छ । ६७ जना बेपत्ता भएका छन् भने एक सय एकजना घाइते भएका छन् ।
प्रहरीका अनुसार ललितपुरमा २०, धादिङमा १५, काठमाडौँमा १२, काभ्रे १०, मकवानपुर सात, सिन्धुपाल्चोक छ जना, सोलुखुम्बु पाँच, पाँचथर पाँच, भक्तपुर पाँच जना,दोलखामा तीन, सिन्धुलीमा दुई, धनकुटा दुई, महोत्तरी दुई, रामेछाप एक, झापा एक, उदयपुर एक, इलाम एक, सप्तरी एक र नुवाकोटमा एक जनाको मृत्यु भएको छ ।
बाढीपहिरो प्रभावित क्षेत्रमा खोजी र उद्धारका लागि नौ हजार नौ सय ८३ सुरक्षाकर्मी परिचालन गरिएका तथा हालसम्म तीन हजार ३९ जनाको उद्धार गरिएको बताइएको छ ।

प्रकाशित मिति : १३ आश्विन २०८१, आइतबार  ७ : ३५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।