२५ आश्विन २०८१, शुक्रबार | Fri Oct 11 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


४४ अंकले नेप्से बढ्दा पनि कारोबारमा गिरावट



१४ असोज । सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचक दोहोरो अंकले बढेको छ । आज शेयर बजार ४४ दशलमव ४५ अंकले बढेर दुई हजार साँच सय आठको विन्दुमा कायम भएको छ । आज २१० कम्पनीको शेयर मूल्य बढेको छ भने ३३ कम्पनीको शेयर मूल्य घटेको छ । एक कम्पनीको शेयर मूल्य स्थिर छ ।

योसँगै आज सीएचडीसीकोशेयर मूल्य १० प्रतिशतले बढेको छ । । साथै कुमारी सबल योजनाका इकाईको ९ दशलमव ९८ प्रतिशत र यूनाइटेड मोदी हाइड्रोको शेयरमूलय ९ दशलमव ५८ प्रतिशतले बढेको छ ।

आज कारोबारमा भने गिरावट आएको छ । आजको कारोबार समयभरिमा ३१९ कम्पनीको ९७ लाख १७ हजार ९५९ कित्ता शेयर किनबेच हुँदा तीन अर्ब ७१ करोड माथिको शेयर कारोबार भएको छ । जसमा सबैभन्दा धेरै सीएचडीसीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको १७ करोड ६९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आइतबार ३२७ कम्पनीको एक करोड तीन लाख ११ हजार ८८५ कित्ता शेयर किनबेच हुँदा चार अर्ब पाँच करोड माथिको शेयर कारोबार भएको थियाे । जसमा एनएलजी इन्स्योरेन्सले १५ करोड ९२ लाख रुपैयाँको शेयर कारोबार गरकेो थियो ।

प्रकाशित मिति : १४ आश्विन २०८१, सोमबार  ४ : १८ बजे