९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


काठमाडौं उपत्यकामा बाढीः मृत्यु हुनेको संख्या ६६ पुग्यो



१६ असोज । विपद्‍मा परी काठमाडौं उपत्यकामा ज्यान गुमाउनेको संख्या ६६ पुगेको छ। काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक बिनोद घिमिरेका अनुसार बुधबार दिउँसो दुई बजेसम्म ललितपुरमा ४४, काठमाडौँमा १७ र भक्तपुरमा ५ जनाको ज्यान गएको हो। अहिलेसम्म २१ सय ९७ जनाको उद्धार भएको छ।

ललितपुरमा अझै ७ जना तथा काठमाडौँमा २ जना बेपत्ता छन्। उनीहरूको खोजीकार्य भइरहेको प्रवक्ता घिमिरेले बताए।

यस्तै, बाढीमा परेर घाइते भएका ३६ जनामध्ये १९ जना डिस्चार्ज भइसकेका छन् भने १७ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

गत बिहीबारदेखि शनिबारसम्म परेको अविरल वर्षाका कारण उपत्यकाका नदी तथा खोलामा आएको बाढीले डुबान निम्त्याउनुका साथै विभिन्न ठाउँमा पहिरो पनि गएको थियो।

प्रकाशित मिति : १६ आश्विन २०८१, बुधबार  ५ : १२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।