२० आश्विन २०८१, आइतबार | Sun Oct 6 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


राजधानीबाट हराएका २६ मोटरसाइकल र स्कूटर फेला परेपछि सवारीधनीलाई फिर्ता



 

राजधानीको काँडाघारी, सानोठिमी, नरेफाँट, बालकुमारी, भिमसेनगोला, गौरीघाट, महाराजगंज, बुढानिलकण्ठ, नेपालटार, ठमेल र कलंकी लगायतका स्थानबाट हराएका उक्त सवारी साधन ट्राफिक प्रहरीले फेला पारेको

काठमाडौं
२० असोज । राजधानीमा हराएका २६ वटा मोटरसाइकल भेटिएका छन् ।
राजधानीका विभिन्न ठाउँ र मितिमा हराएका २६ वटा दुई पाङग्रे सवारी साधन फेला पारी ट्राफिक प्रहरीले आइतबार सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रमबीच सोही कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक भरत बहादुर बोहराले १६ वटा मोटरसाइकल र १० वटा स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण गरेका हुन् ।

राजधानीको काँडाघारी, सानोठिमी, नरेफाँट, बालकुमारी, भिमसेनगोला, गौरीघाट, महाराजगंज, बुढानिलकण्ठ, नेपालटार, ठमेल र कलंकी लगायतका स्थानबाट हराएका उक्त सवारी साधन ट्राफिक प्रहरीले फेला पारेको बताइएको छ ।
विभिन्न मितिमा प्राप्‍त निवेदनका आधारमा खोजी गर्ने क्रममा केहीमा वास्तविक नम्बर प्लेट र केहीमा परिवर्तित नम्बर प्लेट राखेको अवस्थामा ती सवारी साधन भेटिएको प्रहरीको भनाई छ ।

 

प्रकाशित मिति : २० आश्विन २०८१, आइतबार  ७ : ५५ बजे