२० आश्विन २०८१, आइतबार | Sun Oct 6 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


सिंहदरबार अगाडि कालो झण्डा देखाउँदै प्रदर्शन गर्ने ६ जना पक्राउ



२० असोज । सिंहदरबारअगाडि कालो झण्डा देखाउँदै प्रदर्शन गर्ने ६ जनालाई प्रहरीले पक्राउ परेको छ । बसन्त बोगटी नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरुले सिंहदरबारको दक्षिण गेटअगाडि बाढीपहिरो पीडितलाई सरकारले तत्काल राहत दिनुपर्ने र पुनस्थापना गर्नुपर्ने भन्दै कालो झण्डा देखाएर प्रदर्शन गरेका थिए ।

पक्राउ पर्नेमा पार्टीका सह-संयोजक हरिकृष्ण गजुरेल भाष्कर, कार्यालय सदस्य सुनिता प्रकाश, अर्जुन, मोहन र अरुण रहेका छन् । ‘बाढी पहिरो पीडितलाई तत्काल राहतको व्यवस्था गर ! आवतजावत सहज गर ! हवाई भाडा नियन्त्रण गर ! आकाशिदो महँगी र मूल्यवृद्धि नियन्त्रण गर’ लगायतका उनहीहरुले नारा लगाएका थिए ।

प्रकाशित मिति : २० आश्विन २०८१, आइतबार  १० : १७ बजे