२२ माघ २०८२, बुधबार | Wed Feb 4 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


कीर्तिपुरमा खोलामा खसेर बेपत्ता भएका प्रह्लादको खोजीमा कुकुर परिचालन



२२ असोज । कीर्तिपुरका प्रह्लाद महर्जनको खोजीमा कुकुर परिचालन गरिएको छ । १७ असोजको बिहान साढे ८ बजेतिर कीर्तिपुर नगरपालिका–७ नयाँ बजारस्थित तिन्सी खोलामा बेपत्ता भएका महर्जनको खोजीमा कुकुर परिचालन गरिएको हो । तिन्सी खोला किनारको बारीमा काम गर्ने क्रममा डिलबाट लडेर प्रह्लाद खोलामा खसेका थिए ।

उनको खोजी गर्न मंगलबार कीर्तिपुरमा तालिम प्राप्त कुकुर परिचालन गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए ।

नेपाल प्रहरी केनाइन शाखाबाट डिएसपी वासुदेव सुवेदीको कमाण्डमा दुई वटा कुकुरसहितको टोली तिन्सी खोलामा पुगेको हो । उनको खोजी गर्न नेपाल प्रहरीसँगै सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोली पनि खटिएको थियो ।

प्रकाशित मिति : २२ आश्विन २०८१, मंगलबार  ४ : ०४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।