९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


काठमाडौं उपत्यकामा मेलम्चीको पानी पुनः वितरण सुरु



२२ असोज । बर्खा लागेपछि वितरण बन्द गरिएको मेलम्चीको पानी मंगलबारदेखि पुनः वितरण सुरु गरिएको छ। खानेपानीमन्त्री प्रदीप यादवले सुन्दरीजलस्थित पानी प्रसोधन केन्द्रबाट पुनः वितरण कार्यक्रमको सुभारम्भ गरेका हुन्।

मंगलबार प्रशोधन केन्द्रबाट काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)का विभिन्न वितरण शाखामा पानी पठाइएको हो। ती शाखाहरुबाट पानी वितरण प्रक्रिया सुरु गरिने मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक इ. रत्नप्रसाद लामिछानेले जानकारी दिए।

मेलम्चीको पानी केयुकेएलमा आइसकेकाले अब उपत्यकावासीका धाराधारा पानी वितरण सुरु गरिने केयुकेएलका प्रमुख कार्यकारी निर्देशक अशोक पौडेलले बताए।

खानेपानीमन्त्री यादव र मेलम्ची संघर्ष समितिबीच सोमबार राति भएको बार्तामा काठमाडौँमा पानी लैजाने विषयमा सहमती भएपछि मंगलबार मेलम्चीको पानी सुन्दरीजलमा ल्याइएको थियो। वार्तापछि बाढीपीडित संघर्ष समितिबाट आन्दोलनका सबै कार्यक्रम हाललाई स्थगन गर्ने र काठमाडौं उपत्यकामा पानी पथान्तरण गर्नको लागि मेलम्ची खानेपानी विकास समितिलाई सहयोग गर्ने सहमति भएको थियो।

बर्खा सुरु भएसँगै धमिलो आउन थालेपछि गत असार १० देखि पानी ल्याउन बन्द गरिएको थियो। मेलम्चीको पानी बन्द गरेपछि केयूकेएलले विभिन्न स्रोतबाट जम्मा गरेर करिब १६ करोड लिटर पानी वितरण गर्दै आएको थियो।

 

प्रकाशित मिति : २२ आश्विन २०८१, मंगलबार  ५ : १५ बजे