२३ आश्विन २०८१, बुधबार | Wed Oct 9 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


राजधानीमा दुई जना मृत फेला



२३ असोज । काठमाडौंको नयाँबस्ती र ललितपुरको महाविरमार्गमा एक एक जना मृत फेला परेका छन् ।
प्रहरीका अनुसार गोकर्णेश्‍वर नगरपालिका–६ नयाँवस्ती सडकमा यसै ठाउँ बस्ने नुवाकोट दुप्चेश्वर गाउँपालिका–५ घर भएकी ३७ वर्षीया सन्तुमाया तामाङ सोमबार मृत अवस्थामा फेला परेकी छिन् ।
ललितपुरको ललितपुर महानगरपालिका–१ महाबिर मार्गस्थित धर्मपुत्री भवनको प्रतिक्षालयमा सोही ठाउँ बस्ने दोलखा मेलुङ गाउँपालिका–१ खानिगाउँ घर भएका ४१ वर्षीय बिकास थापामगर सोमबार मृत अवस्थामा फेला परेका छन् ।
घटनाहरुका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : २३ आश्विन २०८१, बुधबार  ८ : ०७ बजे