२ जेष्ठ २०८३, शनिबार | Sun May 17 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


काठमाडौंबाट रामेछाप जाँदै गरेको बस दोलखामा दुर्घटना



२४ असोज । काठमाडौंबाट रामेछापको गुप्तेश्वर तर्फ जाँदै गरेको यात्रुवाहक बस दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । दोलखा भीमेश्वर न.पा- ८ चरङ्गेस्थित काठमाडौँ- चरिकोट लामासाघु सडक खण्डमा बा. प्र. ०१००६ ख ४८४३ नम्बरको अरनिको बस दुर्घटना भई सडकमा पल्टिएको हो ।

बसमा ३०/३५ जना रहेकोमा १३ जना घाइते भएका थिए । घाइतेहरू मध्ये च्छो-रोल्पा अस्पतालमा २ जना, सामुदायिक अस्पतालमा २ जना, पशुपति चौलागाई स्मृति अस्पतालमा बालकसहित ४ जना गरी जम्मा ८ जना घाइतेहरूको उपचार भइरहेको प्रहरीले जनाएकाे छ ।

घाइतेमध्ये उपचार अवस्था २ जना गम्भीर रहेको र ६ जना मध्यम रहेको प्रहरीको भनाई छ । अन्य उपचार गरेर डिस्चार्ज भएका छन् ।
घटनापछि फरार रहेका बसका चालक २३ वर्षीय रामबहादुर खड्कालाई प्रहरीले घाइते अवस्था जंगलबाट नियन्त्रणमा लिएको थियो ।

 

 

प्रकाशित मिति : २४ आश्विन २०८१, बिहिबार  ८ : ०१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।